समाचार

वैदेशिक रोजगार पलायन होइन: सचिव पुष्कर


Logo
Prawash Tv
०१ साउन, २०८२
वैदेशिक रोजगार पलायन होइन: सचिव पुष्कर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगार पलायन नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पुष्करले वैदेशिक रोजगारलाई पलायन भन्ने भाष्य खडा गरिनु आपत्तिजनक रहेको बताएका हुन्।

यो भाष्य ठुला बडाहरूले फैलाउने गरेको उहाँको भनाइ छ । ठुला बडाका सन्तानहरू विदेशमा अध्ययन गर्न जाने र उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने तर नेपालमा श्रम नपाएर साउदी, कतार, मलेसिया लगायतका देशहरुमा काम गर्न जाँदा पलायन कसरी हुन्छ ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘एउटा गलत न्यारेटिभ नेपालमा के देखिएको छ भने श्रम आप्रवासन, पलायन, पलायन, पलायन भन्ने गरिएको छ । बुझेर हो कि नबुझेर हो हामीलाई थाहा छैन । तर वैदेशिक रोजगार पलायन होइन । यो फ्लाइट होइन । यो सोर्स अफ इकोनोमिक एक्टिभिटिज हो । अनुभव सिक्ने अवसर पनि हो ।’

‘ठुला बडाका सन्तान विदेशमा पढ्न जाने, उहीँ पिआर लिने, ग्रिन कार्ड लिने, त्यो चाहिँ पलायन होइन रे । तर हाम्रा रोजगार नपाएका नागरिकहरू साउदी, कतार, दुबई, मलेसियामा गएर काम गर्दा पलायन भएको हुन्छ ? शोषकहरूले एउटा सोझा, साझा, इकोनोमिक सेक्सनका विक रहेको मान्छेहरूलाई शासन गर्ने संयन्त्रको रूपमा होइन, षड्यन्त्रको रूपमा लिएका छौँ । त्यसैले ठुलाबडाहरू जहिले पनि वैदेशिक रोजगारलाई पलायन भन्छ,’ उनले थपे । उनले अध्यागमनको तथ्याङ्कअनुसार करिब ५५ लाख विदेश गएकोमा ४५ लाख फर्किएर आएको देखिएको पनि बताए ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka