संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी एमाले महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीबाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न प्रतिनिधि छनोटमा भण्डारीसहित यमप्रसाद तिवारी, मदन भण्डारी र मनिषा सुब्बा नाल्बु विजयी भएका हुन्।
कुल २९७ मत खसेकोमा राजेन्द्र भण्डारीले १०३ मत प्राप्त गरे भने यमप्रसाद तिवारीले ९०, मदन भण्डारीले ९१ र मनिषा सुब्बा नाल्बुले १७९ मत पाएकी छन्।
महाधिवेशन प्रतिनिधिका लागि वैदेशिक रोजगार व्यवसायी प्रगतिशील मञ्च नेपालका कोषाध्यक्ष शितल मैनाली र भिष्मराज शर्मा शिवाकोटी पनि उम्मेदवार रहेका थिए।