समाचार

वैदेशिक रोजगारीका नाममा ठग्ने चार पक्राउ


Logo
Prawash Tv
२९ भदौ, २०८२
वैदेशिक रोजगारीका नाममा ठग्ने चार पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा लैजाने भन्दै लामो समयसम्म पीडितलाई झुक्याई सम्पर्कविहीन भएका उनीहरूविरुद्ध उजुरी परेपछि पक्राउ गरिएको हो।

पक्राउ पर्नेहरूमा पर्सा बिन्दवासिनीका तुफायल मिया जोलाहा (माल्दिभ्स पठाइदिने भन्दै २ लाख ३० हजार रुपैयाँ असुल्ने), रौतहट परोहाका विक्रम साह (युएई पठाइदिने भन्दै २ लाख १० हजार रुपैयाँ लिने), काठमाडौं कीर्तिपुरका सहनशील महर्जन (पोल्यान्ड पठाइदिने भन्दै ६ लाख २५ हजार रुपैयाँ उठाउने) र बाँके कोहलपुरकी हरिकला खाँण ठकुरी थापा (युएई पठाइदिने भन्दै २ लाख २३ हजार रुपैयाँ असुल्ने) रहेका छन्।

उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka