समाचार

वैदेशिक रोजगारीका नाममा ठग्ने चार पक्राउ


Logo
Prawash Tv
२२ भदौ, २०८२
वैदेशिक रोजगारीका नाममा ठग्ने चार पक्राउ

काठमाडौं : रीले उनीहवैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिन्छ भनी ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरूलाई पक्राउ गरेको हो ।

माल्दिभ्स पठाइदिने भन्दै एक जनाबाट दुई लाख ३० हजार रुपैयाँ उठाएका पर्साको बिन्दवासिनीका तुफायल मिया जोलाहा, युएई पठाउने भन्दै दुई लाख १० हजार रुपैयाँ लिएका रौतहटको परोहाका विक्रम साह, पोल्यान्ड पठाइदिने भन्दै ६ लाख २५ हजार रुपैयाँ लिएका काठमाडौंको कीर्तिपुरका सहनशील महर्जन र युएई पठाइदिने भन्दै दुई लाख २३ हजार रुपैयाँ लिएकी बाँकेको कोहलपुरकी हरिकला खाँण ठकुरी थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सबैलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka