गोपाल सिद्ध लोक भजनद्वारा ‘लक्ष्मी पुकार’ सार्वजनिक
मौलिक लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले गोपाल सिद्ध लोक भजन पाणिनी समाजले तिहार पर्वलाई लक्षित गरी ‘लक्ष्मी पुजाको’ अवसरमा ‘लक्ष्मी पुकार’ शीर्षकको नयाँ लोकभजन सार्वजनिक गरेको छ।
यो भजन समाजको आधिकारिक युट्युब च्यानल “गोपाल सिद्ध लोक भजन पाणिनी समाज” मार्फत बजारमा आएको हो।
तिहार नेपाली समाजमा दीपावली पर्वको रूपमा अत्यन्त महत्वपूर्ण मानिन्छ। यसको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा धन, समृद्धि र सौभाग्यकी देवी लक्ष्मीको आराधनाका रूपमा मनाइन्छ। यस दिन घर–घरमा दीप प्रज्वलन गरी लक्ष्मीको स्वागत गरिन्छ, जसले अन्धकार हटाई उज्यालो, ज्ञान र सम्पन्नताको मार्ग प्रशस्त गर्छ भन्ने विश्वास रहिआएको छ।
यस्तै धार्मिक र सांस्कृतिक भावनालाई जोड्दै ‘लक्ष्मी पुकार’ भजन तयार गरिएको हो। गोपाल सिद्ध लोक भजन पाणिनी समाजका सदस्य चुरामणी पोखरेलका अनुसार भजनको शब्द र संगीत शेसनारायण पोखरेलले तयार गर्नुभएको हो। स्वरमा शेसनारायण पोखरेलसँगै सम्पूर्ण गोपाल सिद्ध लोक भजन पाणिनी समाजका सदस्यहरू सहभागी रहेका छन्।
भजनको भिडियो छायांकन बिष्णुदेवी मन्दिर, कीर्तिपुरमा गरिएको हो। मौलिक स्वाद र परम्परागत शैलीमा तयार गरिएको यस भजनले तिहारको धार्मिक र सांस्कृतिक सौन्दर्यलाई उजागर गरेको छ।
👉 यहाँ हेर्नुहोस् ‘लक्ष्मी पुकार’ भजन:
🔗 https://www.youtube.com/watch?v=0QvJ-IE5xNo