समाचार
खुल्यो अन्तर्राष्ट्रिय विमानस्थल, तत्कालै आन्तरिक उडान नहुने
जेनजी आन्दोलनका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालनमा आएको छ ।
विमानस्थल सुरक्षा समितिको बैठकले सञ्चालन गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानहरू क्रमशः सुचारु हुने भएका छन् । तर, निजी विमान कम्पनीहरूले भने आन्तरिक उडान तत्काल सुरु नहुने बताएका छन् ।