समाचार

इजरायलबाट रसुवाका पीडितलाई साथ: एनआरएनएले जुटाउँदै ३ लाख सहयोग


Logo
Prawash Tv
१० भदौ, २०८३
इजरायलबाट रसुवाका पीडितलाई साथ: एनआरएनएले जुटाउँदै ३ लाख सहयोग

काठमाडौँ – रसुवामा हालै आएको भीषण बाढीपहिरोका कारण प्रभावित पीडितहरूको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले सहयोग संकलन अभियान सुरु गरेको छ।

एनआरएनए इजरायलले प्रारम्भिक रूपमा ३ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्यसहित अभियान अघि बढाएको जनाएको छ। संघकी महिला उपाध्यक्ष निर्मला बुढाथोकीले प्रवास टिभीसँग कुरा गर्दै केही दिनभित्रै उक्त रकम संकलन गरिसकेपछि नेपाल पठाइने जानकारी दिएकी छन्।

उनका अनुसार इजरायलमा रहेका नेपालीहरू विगतदेखि नै मातृभूमिमा आइपर्ने विभिन्न आपतविपतका बेला एकजुट भएर सहयोग गर्दै आएका छन्। यसपटक पनि रसुवा बाढीपहिरोका पीडितलाई राहत पु¥याउने उद्देश्यले सबैलाई सहयोगमा सहभागी हुन आग्रह गरिएको छ।

“हामी जहाँ भए पनि नेपाली हौं, देशमा संकट पर्दा एक भएर सहयोग गर्नु हाम्रो दायित्व हो,” बुढाथोकीले भनिन्, “छिट्टै रकम संकलन गरी नेपाल पठाउने तयारीमा छौं।”

उक्त सहयोग रकम नेपालमा सम्बन्धित राहत कोषमार्फत पीडितसम्म पु¥याइने जनाइएको छ। एनआरएनए इजरायलले सबै इजरायलवासी नेपालीलाई मानवीय सेवामा हातेमालो गर्न अपिल समेत गरेको छ।

रसुवा क्षेत्रमा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka