समाचार

१४ करोड ठगीमा अग्रवाल पक्राउ!


Logo
Prawash Tv
१५ मंसिर, २०८२
१४ करोड ठगीमा अग्रवाल पक्राउ!

वैदेशिक रोजगारीका नाममा १४ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। मकवानपुर हेटौंडा स्थायी घर भई हाल ललितपुर बस्दै आएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो। आकर्षक तलबको लोभ देखाई विभिन्न देशमा पठाइदिने भन्दै लामो समयदेखि युवायुवतीलाई झुक्यानमा पारेर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अग्रवालविरुद्ध व्यक्तिगत रूपमा १४ करोडभन्दा बढी ठगीको उजुरी परेको र यो रकम व्यक्तिगत ठगीमध्ये अत्यधिक मानिने बताइएको छ। थप अनुसन्धानका लागि उनलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka