समाचार

कोरिया अध्ययन गर्न जाने विद्यार्थीहरू पुनः समस्यामा, दूतावास र सरकार मौन प्रवासी टिभी संवाददाता


Logo
Prawash Tv
३० असोज, २०८२
कोरिया अध्ययन गर्न जाने विद्यार्थीहरू पुनः समस्यामा, दूतावास र सरकार मौन प्रवासी टिभी संवाददाता

काठमाडौं ।

कोरिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरू पछिल्ला वर्षहरूमा निरन्तर झमेलामा पर्दै आएका छन्। कहिले नेपाल सरकारले एनओसी (No Objection Certificate) बन्द गर्छ, कहिले IELTS स्कोरको मापदण्ड बढाइन्छ, त कहिले भिसाका लागि मितिनै नदिई विद्यार्थीहरू अन्योलमा पारिन्छन्। अहिले पनि यही समस्याले मार्च इन्टेकका लागि तयारी गरिरहेका विद्यार्थीहरूलाई निकै तनावमा पारेको छ।

विद्यार्थीहरूले आवश्यक कागजातहरू प्रमाणिकरण (Document Verification) गर्नसमेत समय पाउन निकै कठिन भएको बताइरहेका छन्। अझ भिसा आवेदनका लागि मिति (Visa Date) लिन त झन् ठूलो समस्या देखिएको छ।

नेपालस्थित दक्षिण कोरियाको दूतावासले यो विषयमा कुनै ठोस कदम नचालेको भन्दै विद्यार्थीहरू असन्तुष्ट छन्।

धरानकी छात्रा शाया अधिकारी भन्छिन्,

“हामीले सबै तयारी पुरा गरिसकेका छौं, तर दूतावासले डेट नै नदिँदा पढ्न जाने योजना नै अनिश्चित जस्तो बनेको छ। कतिपय विद्यार्थीले एजेन्टमार्फत महँगो रकम तिरेर मिति लिनुपरेको छ, जसले अझै समस्या बढाएको छ।”

त्यसैबीच, कतिपय विद्यार्थीहरूले दूतावासको अनियमितताका विरुद्ध सामूहिक रूपमा इमेल पठाउँदै गुनासो गरिरहेका छन्। तर, सम्बन्धित निकाय तथा जेन्जी सरकारले यस विषयमा अझैसम्म कुनै स्पष्ट प्रतिक्रिया दिएको छैन।

विद्यार्थीहरूको भनाइमा, कोरियामा अध्ययन गर्न चाहने युवाहरूका लागि यस्तो अस्थिरता र अनिश्चितता निराशाजनक बनेको छ। उनीहरूले सरकारले तुरुन्तै पहल गरी दूतावाससँग समन्वय गरेर समस्या समाधान गर्न माग गरेका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka