समाचार

क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा


Logo
Prawash Tv
०३ असोज, २०८२
क्यारेफोर कम्पनी कुवेत र बहराइनबाट पनि बाहिरिएको घोषणा

बहुराष्ट्रिय कम्पनी क्यारेफोरले कुवेत र बहराइनबाट आफ्नो व्यवसाय समेट्ने घोषणा गरेको छ। कम्पनीमा तल्लो तहदेखि उच्च पदसम्म उल्लेखनीय संख्यामा नेपाली कामदार कार्यरत छन्।

ग्राहकहरूलाई सम्बोधन गर्दै जारी गरिएको एक आधिकारिक विज्ञप्तिमा कम्पनीले बहराइनका सबै स्टोरहरू सेप्टेम्बर १४ देखि र कुवेतका स्टोरहरू सेप्टेम्बर १६ देखि बन्द हुने जानकारी दिएको छ।

यसअघि, कम्पनीले नोभेम्बर २०२४ मा जोर्डनमा र जनवरी २०२५ मा ओमानमा आफ्ना सुपरमार्केट बन्द गरी "हाइपरम्याक्स" नामक नयाँ ब्रान्ड सञ्चालनमा ल्याएको थियो।

बहराइन र कुवेतमा पनि त्यस्तै नयाँ ब्रान्ड सुरु हुने अपेक्षा गरिएको छ। सन् १९९५ देखि मध्यपूर्व, अफ्रिका र एसियाका १२ देशमा क्यारेफोर ब्रान्ड सञ्चालन गर्ने विशेष अधिकार पाएको माजिद अल फुतैमले २०२४ देखि विभिन्न देशमा क्यारेफोरलाई हटाउँदै "हाइपरम्याक्स" ब्रान्ड विस्तार गरेको हो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka