समाचार

मौरिसस रोजगारीमा नेपाली कामदारको सम्भावना : न्यूनतम ८५ हजार तलब


Logo
Prawash Tv
३२ असार, २०८२
मौरिसस रोजगारीमा नेपाली कामदारको सम्भावना : न्यूनतम ८५ हजार तलब

नेपाल र मौरिससबीच भएको श्रम समझदारीपछि मौरिसस नेपाली कामदारका लागि वैकल्पिक गन्तव्य बन्दै गएको छ । दुबई, मलेशिया र खाडी मुलुकको विकल्पमा नेपाल सरकारले अफ्रिकी मुलुक मौरिससमा औपचारिक श्रम आपूर्ति सुरु गर्न लागेको हो । नेपाल सरकारले २०७६ सालमा श्रम समझदारी गरेपछि प्राविधिक, आतिथ्य सेवा, होटल, निर्माण, कृषि र उत्पादन क्षेत्रका लागि नेपाली कामदार लैजान मौरिसस सरकारले रोजगारीको माग पठाउँदै आएको छ ।

कामदारले मासिक करिब ८५ हजार नेपाली रुपैयाँ तलब पाउने बताइएको छ । सम्झौताअनुसार भिसा, स्वास्थ्य बीमा, हवाई टिकट, वर्क परमिट, बिमा, खाना तथा आवासको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ । त्यसैगरी, प्रत्येक सेवा वर्षको अन्त्यमा बोनस स्वरूप थप सुविधा पनि पाउने छन् । मौरिसस जान चाहने नेपाली कामदारले श्रम स्विकृति लिएर जानुपर्नेछ । हालको अवस्थामा भने म्यानपावर कम्पनीमार्फत भन्दा पनि व्यक्तिगत श्रम स्विकृतिमा जानेको संख्या बढी देखिएको छ । गत वर्ष ७ हजार ३ सय भन्दा बढी नेपालीले मौरिस जान श्रम स्विकृति लिएका थिए ।

सरकारले सबै प्रक्रिया ‘इम्पोयर पे प्रिन्सिपलमा आधारित बनाएको छ । यसअनुसार कामदारले कुनै पनि लागत बेहोर्नु नपर्ने व्यवस्था छ । वैदेशिक रोजगार बोर्डका अनुसार रोजगारी सुरक्षित र प्राविधिक दक्ष जनशक्ति अभाव भएका क्षेत्रमा नेपाली युवाको माग बढ्दो छ । हाल रोजगारीको माग सीमित भए पनि मौरिससमा नेपाली श्रमिकको संभावना रहेको देखिएको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka