समाचार

मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारी नखुलेको दूतावासको भनाइ


Logo
Prawash Tv
०९ मंसिर, २०८२
मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारी नखुलेको दूतावासको भनाइ

क्वालालम्पुर, मलेसिया : मलेसियास्थित नेपाली राजदूतावासले म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारी नखुलेको भन्दै सामाजिक सञ्जालका सूचनामा विश्वास नगर्न आग्रह गरेको छ। काठमाडौंका केही म्यानपावर कम्पनीहरूले मलेसियामा म्यानुफ्याक्चरिङ क्षेत्र खुला भएको भन्दै अन्तर्वार्ता गरी रकम उठाएको जानकारी आएको भन्दै राजदूतावासले यस्तो चेतावनी दिएको हो।

उत्पादन क्षेत्र मलेसियाको जीडीपीमा दोस्रो ठूलो योगदानकर्ता र निर्यात रोजगारीको मुख्य क्षेत्र हो। विगतमा म्यानुफ्याक्चरिङ क्षेत्र खुला हुँदा नेपाली महिलासहित ठूलो संख्यामा नेपाली कामदार त्यहाँ काम गर्न पुगेका थिए। मलेसियामा सेमी कन्डक्टर, पेट्रोलियम, रसायन, रबर, प्लास्टिक उत्पादन, खाद्य, पेय पदार्थ र सुर्तीजन्य उत्पादनहरू म्यानुफ्याक्चरिङ क्षेत्रअन्तर्गत पर्छन्।

विदेशी प्रत्यक्ष लगानी भित्र्याउने म्यानुफ्याक्चरिङ क्षेत्र खुला भएमा पेनाङ, कुलिम, क्लाङ उपत्यका र जोहोर जस्ता क्षेत्रहरूमा विदेशी कामदारको माग बढ्ने अपेक्षा गरिएको छ। रोजगारी सिर्जना गर्ने र अर्थतन्त्रलाई अगाडि बढाउने उद्देश्यले रोजगारदाताहरूले विदेशी कामदार भर्नाका लागि आग्रह गर्दै आएका छन्।

नेपाली राजदूतावासले म्यानुफ्याक्चरिङ क्षेत्र खुल्नेबारे चर्चा चले पनि मलेसिया सरकारको तर्फबाट आधिकारिक सूचना नआएको बताउँदै सामाजिक सञ्जालका सूचनामा भरोसा नगरी आफ्नो आधिकारिक पेज वा विज्ञप्ति पर्खन आग्रह गरेको छ। मलेसियामा कार्यरत नेपाली कामदारहरूले राहदानी बन्ने समयसीमा जस्तै म्यानुफ्याक्चरिङ क्षेत्र खुल्ने विषयमा पनि चासो देखाएका छन्।

मलेसियामा न्यूनतम तलब बढेको र म्यानुफ्याक्चरिङ क्षेत्रमा ओभरटाइम सुविधा उपलब्ध भएकोले कामदारको आकर्षण यस क्षेत्रमा बढेको बताइएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka