बंगलादेशमा म्यानपावर छनोटको प्रक्रिया सुरु
मलेसियाले जारी गरेको सूचनाअनुसार बंगलादेशले म्यानपावर कम्पनी छनोटको प्रक्रिया सुरु गरेको छ। बंगलादेशको प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै तोकिएका मापदण्ड पूरा गर्न सक्षम, कानूनी रूपमा इजाजतपत्र प्राप्त भर्ती एजेन्सीहरूलाई आवेदन दिन आह्वान गरेको छ। आवेदन दिने अन्तिम मिति सन् २०२५ नोभेम्बर ७ तोकिएको छ।
मलेसियाले नेपाल, भारत, बंगलादेश, भियतनाम र पाकिस्तानलाई पठाएको पत्रमा मापदण्डअनुसारका म्यानपावर कम्पनीहरूको सूची नोभेम्बर १५ भित्र पठाउन समयसीमा निर्धारण गरिएको छ।
हाल मलेसियामा बंगलादेशी कामदार पठाउने प्रक्रिया रोकिएको अवस्थामा म्यानपावर कम्पनी सूचीकरण सम्बन्धी मलेसियाको पत्र सार्वजनिक भएपछि बंगलादेशमा यसलाई अवसरको ढोका खुलेको रूपमा लिइएको छ।