समाचार

जेन-जी आन्दोलनलाई मेयर बालेनको समर्थन


Logo
Prawash Tv
२३ भदौ, २०८२
जेन-जी आन्दोलनलाई मेयर बालेनको समर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जे-नजी पुस्ताले गर्ने आन्दोलनलाई समर्थन जनाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सोमबार हुने र्‍याली जेन-जी पुस्ताको स्वस्फूर्त आन्दोलन भएको स्पष्ट पारे ।

‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्त रूपमा जेन-जीको हो । उहाँहरू २८ वर्ष मुनिका युवाहरू हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य र सोच बुझ्न मन छ,’ उनले लेखेका छन् ।

बालेनले उक्त आन्दोलनलाई कुनै राजनीतिक दल, नेता वा कार्यकर्ताले आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनीसमेत दिएका छन् ।

‘भोलि यो स्वतस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,’ उनले भनेका छन्, ‘म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ। मेरो भरपुर समर्थन छ ।’

युवाप्रति सम्बोधन गर्दै उनले थपे, ‘प्रिय जेन-जी, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ ?’

जेन-जी पुस्ताले सोमबार बिहान ८ बजेदेखि प्रदर्शनको तयारी गरेका छन् । उनीहरूले हालै सरकारले गरेको सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध आन्दोलन गर्न लागेका हुन् ।




सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka