समाचार

यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न


Logo
Prawash Tv
०१ असोज, २०८२
यान्बुमा महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न

यान्बुमा नेपाली महावाणिज्य दूतावास जेद्दाको घुम्ती शिविर सम्पन्न

साउदी अरबको यान्बुमा नेपाली महावाणिज्य दूतावास जेद्दाले पासपोर्ट नवीकरण, वितरण, श्रमिक सचेतना र समस्या समाधानसम्बन्धी एक दिने घुम्ती शिविर सम्पन्न गरेको छ।

शिविर नेपाली सेवा समितिको सहजीकरणमा आयोजना गरिएको थियो। दूतावास प्रमुख पारस पण्डितले श्रमिकका समस्या र समाधानका उपायहरू प्रस्तुत गरेका थिए। सहभागीहरूले आफ्नै क्षेत्रमा सेवा पाउँदा समय र खर्च बच्ने भएकाले सहज भएको प्रतिक्रिया दिएका छन्।

शिविरमा यान्बु, रबिक, मदिना, अल वाज, दुबा, रेड सीलगायत विभिन्न क्षेत्रका १६१ जनाले पासपोर्ट नवीकरणका लागि आवेदन दिएका थिए। कार्यक्रममा दूतावास प्रमुख पारस पण्डितसहित अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka