समाचार

नेपाल–साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर हुने तयारी


Logo
Prawash Tv
१८ भदौ, २०८२
नेपाल–साउदीबीच श्रम सम्झौतामा हस्ताक्षर हुने तयारी

काठमाडौं । नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौतामा हस्ताक्षर गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यसका लागि मन्त्रिपरिषद्ले सहमति प्रदान गरिसकेको छ भने छिट्टै दुवै देशका सम्बन्धित मन्त्रालयबीच सम्झौता पत्रमा हस्ताक्षर हुने भएको हो।

सन् २०१० देखि नै साउदीसँग श्रम सम्झौताका लागि पहल हुँदै आएको थियो । लामो समयको प्रयासपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले यसलाई टुंगोमा पुर्‍याएका हुन् । उनका अनुसार सम्झौतापछि नेपाली कामदारले ‘इम्प्लोयर पे मोडल’ अनुसार काम गर्ने अवसर पाउने छन् र अन्तर्राष्ट्रिय मानवअधिकारको मापदण्डअनुसारका अधिकार सुनिश्चित हुनेछन्।

नीति अख्तियार गरेको पनि स्पष्ट पारे। श्रम सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारीमा जाने नेपालीको सुरक्षित र सम्मानजनक रोजगारी प्राथमिकतामा रहेको बताए । उनले श्रम शोषण तथा मानवअधिकार उल्लंघनविरुद्ध नेपाल सरकारले शून्य सहनशील

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले सम्झौतालाई स्वागत गर्दै अन्य मुलुकहरूसँग पनि यस्तै सहमति गर्नुपर्ने सुझाव दिए। विज्ञ युवराज बस्नेतले यो सम्झौताले वैदेशिक भूमिमा नेपाली श्रमिकलाई सामाजिक सुरक्षा सुनिश्चित गर्ने बताएका छन्।

सन् २०३४ को विश्वकप आयोजना गर्ने तयारीमा साउदीले विगत केही वर्षयता श्रम ऐनमा सुधार गर्दै आएको छ। ‘कफाला प्रणाली’मा सुधार गरी न्यूनतम पारिश्रमिक र सेवासुविधा सुनिश्चित गरेको साउदीले श्रमिक अधिकारलाई प्राथमिकता दिएको छ। यसअघि ‘साउदी फन्ड’मार्फत नेपालमा व्यावसायिक तालिम उपलब्ध गराउन साझेदारी पनि गरेको छ।

हाल साउदी अरेबियामा ४ लाखभन्दा बढी नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन्। द्विपक्षीय सम्बन्ध सुदृढ गर्न उनीहरूको भूमिकालाई महत्वपूर्ण मानिँदै आएको छ, यद्यपि उनीहरूले धेरै चुनौतीहरूको सामना गरिरहेको सरोकारवालाहरू बताउँछन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka