समाचार

माघमा वैदेशिक रोजगारीमा गए ७० हजारभन्दा बढी नेपाली


Logo
Prawash Tv
०७ फागुन, २०८२
माघमा वैदेशिक रोजगारीमा गए ७० हजारभन्दा बढी नेपाली

पछिल्लो महिना माघमा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभाग का अनुसार माघ महिनामा कुल ७० हजार ५ सय ३ जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) प्राप्त गरेका हुन्।

श्रम स्वीकृति लिनेहरूमध्ये ६२ हजार १ सय ६२ जना पुरुष र ८ हजार ३ सय ४१ जना महिला रहेका छन्। पहिलो पटक श्रम स्वीकृति लिनेको संख्या भने ३७ हजार ८ सय १२ रहेको छ, जसमा ३२ हजार ८ सय ७४ पुरुष र ४ हजार ९ सय ३८ महिला छन्।

विभागको तथ्यांकअनुसार माघमा सबैभन्दा बढी नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन्। यूएईका लागि १५ हजार १ सय ३७ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यसपछि साउदी अरेबिया का लागि ११ हजार ५ सय ९२, कतार का लागि ११ हजार ५ सय ८०, मलेसिया का लागि १० हजार ३ सय ४१, कुवेत का लागि ५ हजार ४ सय ४३ र रोमानिया का लागि ३ हजार ९ सय ४० जनाले श्रम स्वीकृति लिएका छन्।

यसैगरी जापान का लागि १ हजार ७ सय ६०, साइप्रस का लागि १ हजार २ सय ५५, ओमान का लागि १ हजार २ सय ५ र बहराइन का लागि १ हजार १ सय २७ जनाले श्रम स्वीकृति लिएका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि माघसम्मको ७ महिनामा कुल ६ लाख ६१ हजार २ सय २१ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ। तीमध्ये ५ लाख ७६ हजार ५ सय १२ जना पुरुष र ८४ हजार ७ सय ९ जना महिला रहेका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka