समाचार

मलेसियामा हात्तीको आक्रमणमा परी नेपाली कामदार गम्भीर घाइते


Logo
Prawash Tv
२२ भदौ, २०८२
मलेसियामा हात्तीको आक्रमणमा परी नेपाली कामदार गम्भीर घाइते

 मलेसियाको गुआ मुसाङमा जंगली हात्तीको आक्रमणमा परी एक नेपाली कामदार गम्भीर घाइते भएका छन् । बुधबार ५४ वर्षीय मुतीबहादुर बयाम्बुले मोटरसाइकलमा निवासमा फर्किरहेका बेला हात्तीको पाइला देखेर पछ्याउने प्रयास गरेपछि उनलाई हात्तीले अचानक सुँडले समातेको थियो ।

 ।हात्तीले उनलाई लगभग सय मिटर घिसार्दै लगेर कुल्चेर तल झारिदिएको थियो । सहकर्मीहरूले पीडितको चिच्याहट सुनेपछि पत्ता लगाएर तुरुन्तै आपतकालीन चिकित्सा उपचारका लागि गुआ मुसाङ अस्पताल लगेका

उनको खुट्टा, छाती र घाँटीमा गम्भीर चोटपटक लागेको छ । उनको हाल सघन उपचार कक्ष (आइसियू)मा उपचार भइरहेको मलेसियाको सरकारी सञ्चारमाध्यम बेर्नामाले उल्लेख गरेकोे छ ।




सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka