दाङमा कोरियाली विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटघाटको अवसर
दाङ, घोराही घोराहीस्थित होटल मल्ल इन मा कोरियाका प्रतिष्ठित विश्वविद्यालयहरूका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।
Success Hub Education को आयोजनामा यो कार्यक्रमम आयोजना गर्न लागिएको हो । कोरियामा
उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि आवश्यक सम्पूर्ण जानकारी उक्त कार्यक्रममा प्रदान गरिने भएको छ , पछिल्लो चरणमा कोरियातर्फ विद्यार्थीहरूको आकर्षण तीव्र रूपमा बढ्दै गएको र विशेषतः दाङ तथा आसपासका क्षेत्रबाट थुप्रै जिज्ञासाहरू आउन थालेपछि यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने जसमा विद्यार्थी तथा अभिभावकहरूले कोरियाको D-2 विद्यार्थी भिसा प्रक्रिया, विश्वविद्यालय छनोट, पाठ्यक्रम जानकारी, छात्रवृत्ति, बसोबास, रोजगारी तथा भविष्यको सम्भावनालगायतका विषयमा प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न सक्ने छन
Success Hub Education का CEO प्रशान्त पण्डितले प्रवास टिभीसँग कुरा गर्दै भन्नुभयो, “हामीले यो कार्यक्रम कोरियामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई प्रत्यक्ष जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरेका हौं। कोरियन प्रतिनिधिहरूसँग सिधा संवादले विद्यार्थीको निर्णय प्रक्रिया झनै सहज हुने विश्वास लिएको छ।”
थप जानकारीका लागि Success Hub Education को बागबजारस्थित कार्यालयमा सम्पर्क सम्पर्क नम्बर: 01-9902325 गर्न सकिनेछ।