समाचार

विदेश जाने कामदारका राहदानी दुई साताभित्र पठाइने


Logo
Prawash Tv
०९ मंसिर, २०८२
विदेश जाने कामदारका राहदानी दुई साताभित्र पठाइने

काठमाडौं : राहदानी विभागले वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको राहदानी दुई साताभित्र पठाउने बताएको छ । विभागले समयमा राहदानी नवीकरण गरेर नपठाउँदा  हाल वैदेशिक रोजगारीमा रहेका कयौं नेपाली श्रमिक समस्यामा परेका छन् ।

विभागले सोमबार सूचना जारी गर्दै विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी साबिककै हिसाबमा एक–दुई साताभित्रमा छपाइ गरी पठाइने व्यवस्था मिलाइने बताएको छ ।

त्यसैगरी विभागले लामो समयको प्रयासपछि अन्तरिम अवधिका लागि थप सात लाख राहदानी तथा त्यसको वैयक्तीकरणलगायतका सम्बद्ध सेवा खरिद गर्न वर्तमान आपूर्तिकर्ता कम्पनी आइएन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएससँग सम्झौता गरेको र सम्झौता अनुसार आगामी तीन साताभित्रै राहदानीको पहिलो किस्ता आउने र क्रमशः थप राहदानी आपूर्ति हुने भएको बताएको छ ।

उक्त व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित हुने भन्दै विभागले अन्तरिम व्यवस्थापनका लागि बाध्यात्मक रूपमा केही समयदेखि गरेको राहदानीको उत्पादन कटौती हटाइएको बताएको छ ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka