समाचार

मलेसियाले तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्री कार्कीको चासो


Logo
Prawash Tv
१४ कात्तिक, २०८२
मलेसियाले तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्री कार्कीको चासो

मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डबारे प्रधानमन्त्री सुशीला कार्कीले गहिरो चासो देखाएकी छन्।

नयाँ मापदण्डले पर्न सक्ने सम्भावित प्रभावको अध्ययन गरी आवश्यक पहल गर्न र गृहकार्य अघि बढाउन प्रधानमन्त्री कार्कीले बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी हुन्।

प्रधानमन्त्री कार्कीले बिहान सचिव पुष्करलाई आफ्नै कार्यकक्षमा बोलाएर यसबारे जानकारी लिएको उनका सचिवालयले जनाएको छ।

सचिव पुष्करले मलेसियाले जारी गरेको नयाँ मापदण्डबारे जानकारी प्राप्त भइसकेको र यस विषयलाई कूटनीतिक माध्यमबाट सम्बोधन गर्नुपर्ने धारणा प्रधानमन्त्रीलाई सुनाएको बताए।

प्रधानमन्त्री कार्कीले उक्त विषयमा परराष्ट्र, अर्थ र श्रम मन्त्रालयबीच सहकार्य र समन्वय गर्न पनि निर्देशन दिएकी छन्।

मलेसिया नेपाली कामदारहरूको प्रमुख वैदेशिक रोजगार गन्तव्य मानिन्छ। नेपालमा रहेका करिब १२०० वैदेशिक रोजगार व्यवसायीमध्ये झण्डै ९०० कम्पनी मलेसियासँग सम्बन्धित रोजगारमा निर्भर छन्।

नयाँ मापदण्डका कारण अब करिब एक दर्जन ठूला कम्पनी मात्र मलेसियामा कामदार पठाउन योग्य हुने अवस्था आउने व्यवसायीहरूको भनाइ छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka