समाचार

कामदारलाई निगमको हवाई टिकटमा विशेष छुट


Logo
Prawash Tv
१४ मंसिर, २०८२
कामदारलाई निगमको हवाई टिकटमा विशेष छुट

नेपाल वायुसेवा निगमले काठमाडौंबाट वैदेशिक रोजगारीका लागि जाने कामदारहरूका लागि चार गन्तव्यमा विशेष छुटको घोषणा गरेको छ। निगमका अनुसार साउदी अरेबियाको दम्माम, कतारको दोहा, युएईको दुबई र मलेसियाको क्वालालम्पुर जाने नेपाली श्रमिक यात्रुहरूका लागि नयाँ भाडादर निर्धारण गर्दै विशेष छुट प्रदान गर्ने निर्णय गरिएको छ।

श्रमिक यात्रुहरूको सुविधा सुनिश्चित गर्न निगमले हरेक उडानमा १० वटा सिटमा पुरानो भाडामा १० प्रतिशत विशेष छुट दिने व्यवस्था गरेको छ।

वैदेशिक रोजगारीका लागि यात्रा गर्ने यात्रुले आवश्यक कागजातसहित निगमका नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरबाट यो सुविधा लिन सक्नेछन्। यसबाट श्रमिक यात्रुहरूलाई यात्रा गर्दा विशेष सुविधा, सहयोग र सहुलियत उपलब्ध हुने विश्वास निगमले जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka