Strict rules on going abroad through individual labor permits
व्यक्तिगत श्रम स्वीकृतिमार्फत वैदेशिक रोजगारीमा जाने व्यवस्था कडाइ गर्ने तयारी सरकारले गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबारे आवश्यक गृहकार्य अघि बढाएको छ । मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरूका अनुसार पछिल्ला दिनमा व्यक्तिगत श्रम स्वीकृतिबाट विदेश जाने क्रममा श्रमिकहरू ठगीमा पर्ने, एक देशको भिसा देखाएर अर्को देशमा लैजानेजस्ता समस्या बढ्दै गएपछि यसलाई कडाइ गर्ने पहल गरिएको हो ।