समाचार

शितलनिवासको छलफल केही घण्टाका लागि सारियो


Logo
Prawash Tv
२७ भदौ, २०८२
शितलनिवासको छलफल केही घण्टाका लागि सारियो

अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियासम्बन्धी छलफल आज बिहान ९ बजेका लागि राष्ट्रपति निवासमा तय भए पनि केही घण्टाका लागि स्थगित भएको छ ।

स्रोतका अनुसार वार्तामा संलग्न पक्षहरूले आ–आफ्नो दलभित्र आन्तरिक परामर्श आवश्यक भएको भन्दै समय सारिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न दलका नेताहरूसँग निरन्तर छलफल गरेका थिए ।

दलहरूले संसद् विघटन नगरी नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने धारणा राखेका छन् भने आन्दोलनरत जेनजी पक्ष भने संसद् विघटनको पक्षमा अडिग छ । संविधानअनुसार संसद्को सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने प्रावधान छ ।

यसबीच, आन्दोलनरत पक्ष र राजनीतिक दलहरूबीच पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन सहमति बनेको छ । तर, संसद्ले अनुमोदन गर्ने प्रक्रियाबारे भने अझै अन्तिम सहमति जुट्न सकेको छैन ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka