निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह
कुवेतले यात्रुहरूलाई विमानस्थलमा उपलब्ध निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह गरेको छ। साइबर सुरक्षा विशेषज्ञहरूले यस्तो नेटवर्कमार्फत स्मार्ट उपकरणहरू ह्याक हुने जोखिम हुने बताएका छन्।
विशेषज्ञहरूले ठुलो संख्यामा प्रयोगकर्ताहरू एउटै नेटवर्कमा जडान हुँदा डेटा चोरी र व्यक्तिगत जानकारी जोखिममा पर्ने चेतावनी दिएका छन्।
कुवेत सोसाइटी फर इन्फर्मेसन टेक्नोलोजीका डा. अनवर अल–हर्बीले सामाजिक सञ्जालमार्फत फोटो, भिडियो वा लिंकहरू प्राप्त गर्दा पनि सावधान हुन सुझाव दिएका छन्।