समाचार

युएईमा धुमिल हुँदै नेपाली पहिचान


Logo
Prawash Tv
०३ असोज, २०८२
युएईमा धुमिल हुँदै नेपाली पहिचान


संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली कामदारको भिसा रोकेको विषयमा उत्पन्न भएको अन्योल अझै यथावत् छ। युएईले सोमबारदेखि नेपालीका लागि भिजिट भिसा बन्द गरिसकेको छ भने बुधबारदेखि वर्किङ भिसाका लागि पेस भएका निवेदनहरू अस्वीकृत हुने दर बढेको वैदेशिक रोजगार व्यवसायीहरूको भनाइ छ।

Erase All Content

करिब ४ लाख नेपाली कामदार कार्यरत रहेको युएईमा किन भिसा प्रक्रियामा अवरोध देखिएको हो भन्ने प्रश्नमा त्यहाँस्थित नेपाली दूतावासले युएई सरकारसँग प्रत्यक्षरूपमा सोधपुछ गर्न सकेको छैन। युएईले आधिकारिक रूपमा वर्किङ भिसा बन्द गरिएको घोषणा नगरेसम्म त्यस विषयमा प्रश्न गर्नु कूटनीतिक दृष्टिले अपरिपक्व हुने ठानेर दूतावासले युएई सरकारको औपचारिक निर्णयको पर्खाइमा रहेको बताइएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण नेपालमा सरकार परिवर्तन मात्र नभई अकल्पनीय राष्ट्रिय क्षति भएको थियो। सो क्रममा जेल तोडफोड भई करिब १३ हजार कैदी तथा ठूलो संख्यामा थुनुवा फरार भएका घटना अन्तर्राष्ट्रिय रूपमा चर्चित बनेका थिए। भागेका कैदी तथा थुनुवाहरू नेपाल छिर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै युएईले अस्थायी रूपमा वर्किङ र भिजिट भिसा रोकेको अनुमान गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka