समाचार

रियादको विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते


Logo
Prawash Tv
२५ असोज, २०८३
रियादको विमानस्थलमा भएको क्षेप्यास्त्र आक्रमणमा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

रियाद । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् ।

साउदी अरबको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) का अनुसार मृत्यु हुनेमा चार साउदी नागरिक, दुई बंगलादेशी तथा अमेरिका, इजिप्ट, जोर्डन, सिरिया, प्यालेस्टाइन र सुडानका एक–एक नागरिक छन् । मृतक तीन जनाको राष्ट्रियता भने प्राधिकरणले उल्लेख गरेको विवरणमा खुलाइएको छैन । 

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्राधिकरणले जनाएको छ ।


यसअघि बिहीबार पनि सोही विमानस्थलमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा तीन साउदी नागरिकको मृत्यु भएको थियो भने अन्य केही घाइते भएका थिए । पछिल्लो घटनाले विमानस्थलको सुरक्षा अवस्थाबारे थप चिन्ता बढाएको छ ।

हालसम्म घटनाबाट कोही पनि नेपाली प्रभावित भएको जानकारी नआएको रियादस्थित नेपाली दूतावासले रातोपाटीलाई जनाएको छ ।

त्यहाँ कार्यरत नेपालीका विषयमा थप बुझ्ने काम गरिरहेको पनि दूतावासले बताएको छ । साउदी अरबमा मात्र चार लाख माथि नेपाली आप्रवासी कामदार छन् भने किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा कति नेपालीले काम गरिरहेका छन् भन्ने ठोस तथ्याङ्क उपलव्ध छैन ।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka