समाचार

७३ हजार बढीले छाडे देश


Logo
Prawash Tv
०९ वैशाख, २०८२
७३ हजार बढीले छाडे देश

फागुन महिनामा ६८ हजार ९६३ जना वैदेशिक रोजगारीमा गएकोमा चैत महिनामा त्यसभन्दा ५ हजार बढी ७३ हजार ४०३ जना युवायुवती वैदेशिक रोजगारीमा गएका

छन् । त्यसमध्ये म्यानपावर कम्पनीमार्फत २९ हजार १८५ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यसअघि माघमा ७२ हजार ४४१ जना वैदेशिक रोजगारीमा गएका थिए । ठूलो संख्यामा नेपाली युवायुवती विगत महिनाहरूमा जस्तै चैतमा पनि खाडी मुलुक गएको देखिन्छ । त्यसमध्ये यूएईमा सबैभन्दा बढी नेपाली गएका छन् ।

चैतमा यूएईका लागि २३ हजार ६७१ जनाले श्रम स्वीकृति लिएकोमा म्यानपावर कम्पनीमार्फत १५ हजार ५५ जना गएका छन् । ठूलो संख्यामा भिजिट भिसामा जाने उक्त मुलुकमा व्यक्तिगत श्रम स्वीकृतिमा २ हजार ११२ जना गएका छन् ।

यूएईपछि साउदी अरब दोस्रो स्थानमा छ । म्यानपावर कम्पनीमार्फत ६ हजार ४६४ जना गएका छन् । म्यानपावर कम्पनीमार्फत २ हजार ५२८ जना गएको कतारमा सबै प्रकृतिका श्रम स्वीकृतिबाट ११ हजार १४५ जना गएका छन् ।

चैतमा म्यानपावर कम्पनीमार्फत ११२ जना मात्र गएको मलेसियामा समग्रमा ५ हजार ३४१ जना गएका छन् । चैतमा म्यानपावर कम्पनीले बहराइनमा ७९१ जना र साइप्रसमा ८९० जना पठाएका छन् ।

जापानमा १ हजार ७१२ जना जाँदा म्यानपावर कम्पनीले ९६ जना पठाएका छन्  । कुवेतमा २ हजार ५२० जना, ओमानमा ३८६ जना, मरिससमा १७४ जना, जोर्डनमा १६७ जना, माल्दिभ्समा १० जना, मकाउमा १ जना र बेलायतमा १ जना मात्र म्यानपावर कम्पनीमार्फत गएका छन् ।

फागुनमा १०२ मुलुकमा नेपाली कामदार श्रम स्वीकृति लिएर गएकोमा म्यानपावर कम्पनीले १२ मुलुकमा मात्र कामदार पठाएका छन् । युरोपेली मुलुकमा रहेका नेपाली राजदूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा म्यानपावर कम्पनीहरूले डिमान्ड भएका मुलुकमा पनि कामदार पठाउन नसकेको बताएका छन् ।

युरोपेली मुलुकमा संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृतिमा जाने र पठाउने क्रम चैतमा पनि रोकिएको छैन । चैतमा ७४१ म्यानपावर कम्पनीले कामदार पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

Baideshik rojgar


सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka