समाचार

पूर्वगृहमन्त्री लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

Logo
Prawash Tv
१६ पुस, २०९०
पूर्वगृहमन्त्री लेखकलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइयो

भदौ २३ र २४ मा भएको घटनासम्बन्धी छानबिन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने क्रममा सरकारको निर्देशनमा उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो ।

काठमाडौं । शनिबार बिहान पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आइतबार अदालतमा पेश गरिएको हो । म्याद थपसम्बन्धी पेसी न्यायाधीश

आनन्द श्रेष्ठको इजलासमा तोकिएको स्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिएका छन् ।

यसअघि लेखकलाई सरकारी वकिलको कार्यालय लगिएको थियो ।

भदौ २३ र २४ मा भएको घटनासम्बन्धी छानबिन गर्न गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दिएको सिफारिस कार्यान्वयन गर्ने क्रममा सरकारको निर्देशनमा उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरिएको थियो ।

आयोगले लापरबाहीपूर्ण तथा हेलचेक्र्याइँपूर्ण व्यवहारका कारण मानवीय क्षति भएको निष्कर्ष निकाल्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

हाल लेखकलाई नेपाल प्रहरीको महाराजगञ्जस्थित २ नम्बर गणको हिरासतमा राखिएको छ ।

सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com

सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka