वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्ने नवनियुक्त श्रममन्त्री साहको प्रतिबद्धता
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेका छन्।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हाल्दै मन्त्री साहले सीपमूलक तालिमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाली कामदारलाई दक्ष बनाएर वैदेशिक रोजगारीमा पठाउने योजनामा जोड दिएका छन्।
मन्त्री साहले वैदेशिक रोजगारीमा रहेका तथा समस्यामा परेका कामदारको पक्षमा सक्रिय रूपमा काम गर्ने वचन पनि दिएका छन्। पदभार ग्रहणसँगै उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको पाँच वर्षे रणनीतिक योजना सम्बन्धी फाइल सदर गर्दै आफ्नो काम प्रारम्भ गरेका छन्।