हवाई इन्धनको मूल्य दोब्बरले बढ्यो
हवाई इन्धनको मूल्य झन्डै दोब्बर, आन्तरिक–अन्तर्राष्ट्रिय उडान सबै प्रभावित
१७ चैत, काठमाडौं । नेपाल आयल निगमले मंगलबार गरेको समायोजनसँगै हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढेको छ। मूल्य वृद्धि आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा लागू गरिएको छ।
निगमको विज्ञप्तिअनुसार,
आन्तरिक उडानतर्फ हवाई इन्धनको मूल्य प्रति लिटर १२७ रुपैयाँबाट बढेर २५१ रुपैयाँ पुगेको छ।
त्यस्तै अन्तर्राष्ट्रिय उडानका लागि:
काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर,
पोखरामा ८०१ डलरबाट बढेर १,७३२ डलर,
भैरहवामा ७८९ डलरबाट बढेर १,७१६ डलर कायम गरिएको छ।
यो समायोजनसँगै उडान खर्च बढ्ने तथा टिकट दरमा समेत प्रभाव पर्ने अनुमान गरिएको छ।