समाचार

गैरकानुनी रुपमा मेक्सिकोको सीमाबाट प्रवेश गरेका ९५ नेपाली अमेरिकाबाट निष्कासित


Logo
Prawash Tv
२७ फागुन, २०८२
गैरकानुनी रुपमा मेक्सिकोको सीमाबाट प्रवेश गरेका ९५ नेपाली अमेरिकाबाट निष्कासित

मेक्सिकोको सीमाबाट गैरकानुनी रूपमा प्रवेश गरेका ९५ जना नेपालीलाई अमेरिकी निकायले पक्राउ गरी निष्कासन गरेको छ। अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा विभिन्न समयमा प्रवेश गरेका यी नेपालीलाई युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट (आइस)ले पक्राउ गरी होमल्याण्ड सेक्युरिटीको समन्वयमा बिहीबार निष्कासन गरेको हो।

निष्कासित हुनेमा ९२ जना पुरुष र ३ जना महिला थिए। उनीहरूलाई शुक्रबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सम्हाल्न बुझाइएको थियो।

वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासका अनुसार, सबैभन्दा बढी दाङका ३५ जना रहेका छन्। अन्य जिल्लाहरूमा रुकुम पश्चिमका २०, रुकुम पूर्वका १२, गुल्मीका ३, बाग्लुङका २, रोल्पाका ३, काठमाडौंका २, म्याग्दीका २, बाँकेका २, तथा सिन्धुपाल्चोक, दोलखा, बर्दिया, सर्लाही, अर्घाखाँची, डोल्पा, संखुवासभा, जाजरकोट, लमजुङ, काभ्रे, धादिङ, सल्यान, प्युठान र पर्वतका १/१ जना रहेका छन्।

सन् २०२५ जनवरीदेखि हालसम्म अमेरिकाबाट निष्कासित हुने गैरकानुनी नेपाली आप्रवासीको संख्या ६८० पुगेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka