समाचार

युवा व्यवसायी डा. अधिकारी ने.उ.व्या. महासंघको सचिवमा निर्वाचित


Logo
Prawash Tv
२४ वैशाख, २०८३
युवा व्यवसायी डा. अधिकारी ने.उ.व्या. महासंघको सचिवमा निर्वाचित

युवा वैदेशिक रोजगार व्यवसायी डा. केदारनाथ अधिकारी नेपाल उद्योग व्यापार महासंघको सचिवमा निर्वाचित भएका छन्।

आइतबार नवलपुरको गैंडाकोटमा सम्पन्न महासंघको दोस्रो राष्ट्रिय अधिवेशनले खिमनारायण पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा यज्ञप्रसाद पन्त, वाणिज्य उपाध्यक्षमा लोकजंग लामा, एसोसिएट उपाध्यक्षमा दीपेन्द्र विष्ट, बस्तुगत उपाध्यक्षमा शिवराज दुवाडी, उद्योग उपाध्यक्षमा दामोदर नेपाल तथा महिला उपाध्यक्षमा कल्पना शर्मा निर्वाचित भएका छन्।

त्यसैगरी महासचिवमा सूर्य थापा, कोषाध्यक्षमा आशीष कार्की, उपमहासचिवमा कुमार थापा तथा सचिवमा डा. अधिकारीसहित चेतबहादुर खड्का, मिनराज भण्डारी, प्रेम सुनार र तपेन्द्रप्रसाद जोशी चयन भएका छन्। अधिवेशनले सहकोषाध्यक्षसहित ९९ सदस्यीय केन्द्रीय कार्यसमिति पनि गठन गरेको छ।

डा. अधिकारी नेपाली कम्युनिस्ट पार्टी निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चमा लामो समयदेखि सक्रिय रहँदै आएका व्यवसायी हुन्। उनी इम्पावर हन्टर एचआर सोलुसन प्रा.लि.का सञ्चालक समेत हुन्।

वैदेशिक रोजगार क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै केही समयअघि गणतान्त्रिक मञ्चले उनलाई सम्मानसमेत गरेको थियो। इम्पावर हन्टर एचआर सोलुसनले गत वर्ष २ हजार ६ सय ६९ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियो, जसका आधारमा कम्पनी धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा १५औँ स्थानमा परेको थियो।

नवनिर्वाचित सचिव अधिकारीले नयाँ नेतृत्वले उद्योग, व्यापार तथा निजी क्षेत्रका समस्या समाधान गर्दै आर्थिक गतिविधि विस्तारमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka