समाचार

एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन


Logo
Prawash Tv
१५ चैत, २०८२
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन

१५ चैत, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका जनवर्गीय संगठनहरूले आज पनि काठमाडौंमा प्रदर्शन थालेका छन् ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा केहीबेर अघिदेखि एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । साथै, देशैभरका जिल्ला प्रशासन कार्यालयहरूमा विरोधपत्र बुझाउने कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।

ओलीको पक्राउको विरोधमा एमाले कार्यकर्ताहरू विभिन्न जिल्ला प्रशासन कार्यालय अगाडि समेत प्रदर्शन गरिरहेका छन् ।

एमालेले हिजो (शनिबार) देखि नै आन्दोलन सुरु गरेको थियो । शनिबार पनि काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए ।

गत २३ र २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा दमन भएको भन्दै त्यसको छानबिनपछि पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको हो ।

उक्त आन्दोलनका बेला ओली प्रधानमन्त्री थिए भने रमेश लेखक गृहमन्त्री थिए । उनीहरूको पक्राउपछि एमालेले विरोध प्रदर्शनलाई निरन्तरता दिएको हो ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka