समाचार

एनआरएनए अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडामा हुने


Logo
Prawash Tv
०९ असोज, २०८३
एनआरएनए अमेरिकाज क्षेत्रीय सम्मेलन क्यानडामा हुने

क्यानडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रीय सम्मेलन सन् २०२७ को अप्रिल महिनामा क्यानडामा आयोजना हुने भएको छ।

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक भुवन खरालका अनुसार सम्मेलन क्यानडाको ओन्टारियोस्थित र्याडिसन होटलमा आयोजना गरिनेछ।

सम्मेलनमा गैरआवासीय नेपालीका विभिन्न सरोकारका विषयमा गहन छलफल हुने जनाइएको छ। विशेषगरी नेपाली नागरिकताको निरन्तरता, नेपालमा लगानीका अवसर, ज्ञान तथा सीप हस्तान्तरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता, उद्यमशीलता र नेपाली समुदायको सशक्तीकरणलगायतका विषयमा छलफल गरिनेछ।

त्यसैगरी, नेपाल तथा विश्वका विभिन्न मुलुकमा रहेका नेपालीबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयलाई समेत सम्मेलनमा प्राथमिकताका साथ उठाइने संयोजक खरालले बताए।

सम्मेलनमा एनआरएनएका अध्यक्ष तथा पदाधिकारी, पूर्वअध्यक्ष, पूर्वमहासचिव, आईसीसी तथा एनसीसीका विभिन्न पदाधिकारी, एनसीसी अध्यक्ष तथा महासचिव, एनआरएनए अभियन्ता, नेपालका व्यवसायी, नेपाल सरकारका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहने बताइएको छ।

संयोजक खरालले सम्मेलनमा सहभागी भएर नेपाली समुदायसँग सम्बन्धित महत्वपूर्ण विषयमा छलफल तथा सहकार्यलाई अघि बढाउन विश्वभर रहेका गैरआवासीय नेपालीलाई आग्रह गरेका छन्।



सम्बन्धित खबर

सम्पर्क

Gopikrishna, Chabahil-Kathmandu

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka