क्यान्सर पीडित कुल बहादुर तामाङलाई प्रवासी नेपाली एकता मञ्च ओमानद्वारा आर्थिक सहयोग

ओमान – प्रवासी नेपालीहरूमध्ये सहयोगी भावना र एकता देखाउने एउटा उदाहरणीय कार्य ओमानमा देखिएको छ। काभ्रेपलाञ्चोक जिल्ला, तेमाल गाउँपालिका–९ निवासी तथा सन् २००९ देखि २०१६ सम्म ओमानमा रहनु भएका कुल बहादुर तामाङ, जो हाल क्यान्सर जस्तो गम्भीर रोगसँग लडिरहनु भएको छ, उहाँलाई प्रवासी नेपाली एकता मञ्च ओमानले आर्थिक सहयोग गरेको छ।
नेपाली रुपैयाँ २८,३२५ (ओमानी रियाल ८१.५००) बराबरको सहयोग मञ्चमार्फत संकलन गरि तामाङलाई प्रदान गरिएको हो।
यस सहयोग अभियानबारे मञ्चका अध्यक्ष लिलानाथ कोइरालाले भन्नुभयो:
“संकटमा परेका आफ्ना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो। कुल बहादुर तामाङजस्तो समाजसेवी व्यक्ति आज उपचारको लागि संघर्षरत हुनुहुन्छ भन्ने खबरले हामी सबैलाई छोयो। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै हामीले यो सानो प्रयास गरेका हौं।”
सहयोग अभियानमा ओमानस्थित १७ जना नेपालीहरूले आर्थिक योगदान गरेका छन्, जसको विवरण यसप्रकार छ:
१) नीर बहादुर सुनार – ५ रियाल
२) चित्र केसी – ५ रियाल
३) लिलानाथ कोइराला – ५ रियाल
४) प्रेम बम्जन तामाङ – ५ रियाल
५) मन्जु माझी – ५ रियाल
६) गोबिन्द कुँवर – ५ रियाल
७) विजय क्षेत्री – ११ रियाल
८) मरिचमान केसी – ५ रियाल
९) महेन्द्र राईकामगर – ५ रियाल
१०) अम्बिका राई – ६ रियाल
११) सिर्जना भुसाल – १ रियाल
१२) सन्तोष कटुवाल – १ रियाल
१३) विकास घले – २.५०० रियाल
१४) लक्ष्मी राईकामगर – ५ रियाल
१५) पुष्पा कोइराला – ५ रियाल
१६) जनकलाल महत्व – ५ रियाल
१७) अम्बिका – ५ रियाल
यस सहयोगमा संलग्न सम्पूर्ण सहयोगी मन भएका दाताहरूलाई अध्यक्ष कोइरालाले हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले प्रवासमा रहेर पनि आपसी माया, सहयोग र एकता कायम राख्न सबैलाई आग्रह गर्नुभयो।