समाचार

जीआरएनसीले बेलायतमा मनायो अन्तर्राष्ट्रिय नारी दिवस


Logo
Prawash Tv
२७ फागुन, २०८२
जीआरएनसीले बेलायतमा मनायो अन्तर्राष्ट्रिय नारी दिवस

बेलायतमा रहेको Greater Rushmoor Nepali Community (GRNC) ले अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ। संस्थाले Rushmoor Borough Council सँगको सहकार्यमा शनिबार The Palace Aldershot मा विशेष कार्यक्रम आयोजना गरेको हो।

जीआरएनसी यूकेकी अध्यक्ष Leela Selling Mabo का अनुसार पहिलोपटक स्थानीय काउन्सिलको सहकार्यमा नारी दिवस मनाइएको हो। कार्यक्रममा मानसिक स्वास्थ्य, घरेलु हिंसा न्यूनीकरण, बाल सुरक्षा तथा अपराध नियन्त्रण जस्ता विषयमा विभिन्न क्षेत्रका विज्ञहरूले प्रस्तुति दिएका थिए।

संस्थाका सचिव Prajesh Shrestha का अनुसार कार्यक्रममा बालबालिकाका लागि खेलकुद, सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति र राफल ड्र जस्ता गतिविधिहरू पनि सञ्चालन गरिएको थियो।

‘गिभ टु गेन’ नारासहित आयोजना गरिएको कार्यक्रममा रस्मूरका मेयर Calum Stewart र सांसद Alex Baker सहभागी थिए। साथै डेपुटी लिडर तथा काउन्सिलर Sophie Porter, काउन्टी काउन्सिलर Alex Crawford, Jennifer Evans, पूर्वमेयर Mara Makunura लगायत नेपाली तथा गैरनेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अध्यक्ष माबोका अनुसार यस वर्षको कार्यक्रम विगतको तुलनामा फरक र अझ बढी समावेशी बनाइएको थियो।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka