युएईमा मारिएका नेपालीको परिचय खुल्यो
१७ फागुन , काठमाडौं । इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएका छन् ।
यूएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्रीले अनलाइनखबरसँग कुराकानी गर्दै एक नेपालीको मृत्यु भएको जानकारी दिए । यद्यपि मृत्यु हुनेहरूको परिचय भने मन्त्रालयले खुलाएको छैन ।
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दु:खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।