समाचार

सजग रहन साउदी दूतावासको आग्रह


Logo
Prawash Tv
२८ फागुन, २०८२
सजग रहन साउदी दूतावासको आग्रह

साउदी अरेबियाको राजधानी रियादस्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँ बसोबास तथा रोजगारीका लागि रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क र सचेत रहन आग्रह गरेको छ।

दूतावासले बुधबार जारी गरेको सूचनामा हालको क्षेत्रीय परिस्थितिलाई मध्यनजर गर्दै नेपालीहरूले कुनै पनि सूचना वा खबरमा विश्वास गर्दा आधिकारिक स्रोतबाट पुष्टि भएको जानकारी मात्र अनुसरण गर्न आग्रह गरिएको छ। विशेषगरी साउदी अरेबियाका सरकारी निकाय तथा आधिकारिक माध्यमबाट जारी हुने सूचना, निर्देशन तथा सुरक्षा सम्बन्धी जानकारीलाई आधार मानेर आवश्यक सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ।

दूतावासका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमार्फत अपुष्ट तथा भ्रामक समाचारहरू फैलिने सम्भावना बढ्दै गएकाले त्यस्ता सामग्री पोस्ट, शेयर वा प्रसारण नगर्न नेपाली समुदायलाई सचेत गराइएको छ। अप्रमाणित समाचार, फोटो वा भिडियोहरू सार्वजनिक गर्दा अनावश्यक भ्रम तथा त्रास फैलिन सक्ने भएकाले जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न सबैलाई अनुरोध गरिएको छ।

यसका साथै सुरक्षाका हिसाबले संवेदनशील मानिने स्थान, सरकारी संरचना, सुरक्षा निकायसँग सम्बन्धित भवन वा अन्य महत्वपूर्ण पूर्वाधारका फोटो खिच्ने वा भिडियो बनाउने कार्यबाट टाढा रहन पनि दूतावासले सुझाव दिएको छ। यस्ता गतिविधिले स्थानीय कानुन तथा सुरक्षासँग सम्बन्धित समस्या उत्पन्न हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन भनिएको छ।

दूतावासले साउदी अरबमा रहेका नेपालीहरूलाई आफ्नो सुरक्षा तथा कानुनी दायित्वलाई ध्यानमा राख्दै शान्त र संयमित रूपमा दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। साथै कुनै समस्या परेमा, आपतकालीन अवस्था आएमा वा थप जानकारी आवश्यक परेमा रियादस्थित नेपाली दूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न सकिने पनि सूचनामा उल्लेख गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka