इस्लामावाद वार्ताका प्रमुख चार मुद्दा : अमेरिका र इरानमा को होला ‘ब्याक’ ?
२८ चैत, काठमाडौं : पाकिस्तानले शनिबार युद्धरत अमेरिका र इरानबीच वार्ता गराउन इस्लामावादमा मध्यस्थता गर्दै अतिथ्यता प्रदान गरिरहेको छ।
इरानी सभ्यता नै नष्ट पार्ने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पाकिस्तानको मध्यस्थतामा प्रस्तुत गरिएको नयाँ प्रस्तावपछि दुई हप्ते युद्धविराममा सहमत भएका थिए।
यद्यपि, शान्ति वार्ताका सबै मुद्दाहरू अझै पूर्ण रूपमा टुंगिन बाँकी छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रूथमार्फत इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको बताउँदै त्यसलाई वार्ताको “व्यवहारिक आधार” भनेका छन्।
तर इरानका विदेशमन्त्री अब्बास अरागचीले भने अमेरिकाले १५ बुँदे प्रस्ताव पठाएको दाबी गरेका छन्।
पाकिस्तानको मध्यस्थतामा सुरु भएको वार्तामा अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उनका साथमा विशेष दूत स्टीभ विटकफ र राष्ट्रपति ट्रम्पका ज्वाइँ जेरेड कुसनर पनि सहभागी छन्। उक्त टोली शनिबार नै इस्लामावाद पुगिसकेको छ।