राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट
२९ चैत, काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेका छन्।
आइतबार राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा अध्यक्ष दाहालले टर्कीमा आयोजना हुने अन्तर व्यवस्थापिका सङ्घको साधारणसभामा आफ्नो सहभागिताबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए।
भेटका क्रममा समसामयिक राजनीतिक तथा राष्ट्रिय विषयमा पनि छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।