समाचार

आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै


Logo
Prawash Tv
१६ वैशाख, २०८२
आज संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री नेपाल आउँदै

संयुक्त अरब इमिरेट्स (यूएई) का उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यान आज नेपाल आउँदै छन्। उनको यो भ्रमण परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाल बाहिर रहँदा हुन लागेको हो।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लगायतका उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गर्नेछन्।

हाल नेपालको प्रमुख वैदेशिक रोजगारी गन्तव्य मुलुकमध्ये यूएई  पनि एक हो। यस भ्रमणले दुई देशबिचको आपसी सम्बन्ध थप मजबुत बनाउने विश्वास गरिएको छ।

 



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka