समाचार

युद्धको मारमा खाडीका १९ लाख नेपाली श्रमिक


Logo
Prawash Tv
२७ फागुन, २०८२
युद्धको मारमा खाडीका १९ लाख नेपाली श्रमिक

इजरायल र इरानबीचको सैन्य तनावका कारण खाडी क्षेत्रमा कार्यरत करिब १९ लाख नेपाली श्रमिक चिन्तित भएका छन्। खाडीका देशहरूमा अमेरिकी सैन्य ठेगानामा इरानले प्रत्याक्रमण गर्दा कतार, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्समा नेपाली श्रमिक जोखिममा परेका छन्। यूएईमा एक जना आप्रवासी श्रमिकको मृत्यु भएको छ भने अन्य ठाउँमा भने क्षति सीमित छ।

काठमाडौँ — शनिबार इजरायलले आक्रमण सुरु गरेपछि इरानले प्रत्याक्रमण गर्दै खाडीमा रहेको अमेरिकी सैन्य ठेगाना लक्षित गरेको हो। कतार, साउदी अरब, बहराइन, कुवेत, यूएई र ओमानमा अमेरिकाका सैन्य आधार रहेको र इरानले ओमानबाहेकका पाँच देशमा मिसाइल प्रहार गरेको छ।

कतारमा इरानले दोहास्थित उदइद एयर बेसमा प्रहार गरेको मिसाइललाई कतारले आकाशमै निस्तेज पारेको थियो। तर त्यसको टुक्रा उकिरस्थित अर्जेन्टिना श्रमिक आवासमा खसेर आगलागी भएको थियो। दोहामा चार वर्षदेखि कार्यरत हरि अधिकारीका अनुसार टुक्रा म बस्ने भिल्लाबाट करिब सय मिटरको दूरीमा रहेको गाडीमा खस्यो। केही गाडी जले पनि मान्छेलाई चोट लागेन। उनले बताए, “आकाशमा मिसाइल पड्केको आवाज सुनेर बाहिर निस्कियो र टुक्रा घुम्दै तल झरिरहेको देखेँ। भागेर जोगिन सफल भएँ।”

यूएईमा ९ लाख, साउदी अरबमा ३ लाख ८४ हजार, कतारमा ३ लाख ६० हजार, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा ३० हजार र ओमानमा २५ हजार नेपाली श्रमिक कार्यरत छन्। इराकमा २५ हजार, इजरायलमा ५ हजार र लेबनानमा १ हजार छन्। यूएईमा एक एसियाली आप्रवासी मृत भएका छन्।

कतार सरकारले अत्यावश्यक बाहेक बासस्थानबाट बाहिर ननिस्कन अनुरोध गरेको छ। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष रमेश भट्टका अनुसार साथीहरू चिन्तित छन् र काम गर्ने केही ठाउँहरू बन्द छन्। बहराइनमा अमेरिकी नौसेनाको शिविर नजिक विस्फोट भएको छ भने कुवेतको विमानस्थलमा ड्रोन हमलामा केही श्रमिक घाइते भएका छन्।

कतारका लागि कार्यवाहक राजदूत कुमार राईले नेपालीलाई सुरक्षित बस्न र सतर्क रहन भनेका छन्। परराष्ट्र मन्त्रालयले पनि इजरायल, इरान र खाडी क्षेत्रमा रहेका नेपालीलाई बढी सावधानी अपनाउन आवश्यक रहेको जनाएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka