वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान
वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान
काठमाडौँ, ९ कात्तिक — सरकारले वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालयले कात्तिक ३ गते सूचना प्रकाशित गर्दै आवेदनका लागि आह्वान गरेको हो।
वैदेशिक रोजगारीका क्रममा श्रम स्वीकृति लिई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा बिरामी भई कल्याणकारी कोषमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्तानलाई लक्षित गरी यो छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको हो।
सचिवालयले सम्बन्धित सन्तानले अध्ययनरत शैक्षिक संस्थामार्फत ‘वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८०’ को अनुसूची–१ बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र आवेदन पेश गर्न