समाचार

वैदेशिक रोजगारको मागपत्र प्रमाणिकरणमा दूतावासले ढिलाई गरे श्रम मन्त्रालय आफैले गर्ने


Logo
Prawash Tv
१८ कात्तिक, २०८२
वैदेशिक रोजगारको मागपत्र प्रमाणिकरणमा दूतावासले ढिलाई गरे श्रम मन्त्रालय आफैले गर्ने

वैदेशिक रोजगारका लागि प्राप्त मागपत्र सम्बन्धित मुलुकस्थित नेपाली दूतावासले प्रमाणिकरण गर्न ढिलाइ गरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफैं प्रमाणिकरण गर्ने भएको छ ।

मन्त्रालयले “वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ र स्वीकृति कार्यविधि–२०८०” जारी गर्दै मागपत्र प्रमाणिकरणको वैकल्पिक बाटो खुला गरेको हो ।

युरोपसहितका देशबाट आएका मागपत्रहरू सम्बन्धित दूतावासले वैदेशिक रोजगार ऐनअनुसार तोकिएको १५ दिनभित्र पनि प्रमाणिकरण नगर्दा धेरै रोजगारीका अवसर गुम्न थालेपछि मन्त्रालयले उक्त कार्यविधि ल्याएको हो ।

श्रम मन्त्रालयको वैदेशिक रोजगार शाखा हेर्ने सहसचिवको संयोजकत्वमा, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, वैदेशिक रोजगार विभागका उपसचिव, श्रम मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाका उपसचिव सदस्य र रोजगार समन्वय तथा सूचना शाखाका उपसचिव सदस्य–सचिव रहने गरी मागपत्र प्रमाणिकरण समिति गठन गरिने छ ।

उक्त समितिलाई मागपत्र अध्ययन गरी प्रमाणिकरण गर्न सक्ने अधिकार दिइएको छ ।

श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलका अनुसार, विशेषगरी युरोपबाट आएका धेरै मागपत्रहरू प्रमाणिकरण हुन नसकेर रोजगारीका अवसर गुमिरहेको अवस्थामा मन्त्रालयले कार्यविधि पारित गरी प्रमाणिकरण गर्न सक्ने निर्णय गरेको हो ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka