समाचार

मलेसियाको १० बुँदे मापदण्डप्रति श्रम मन्त्रालयको असमर्थता


Logo
Prawash Tv
१९ कात्तिक, २०८२
मलेसियाको १० बुँदे मापदण्डप्रति श्रम मन्त्रालयको असमर्थता

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया सरकारले नेपालसहित पाँच देशका लक्षित म्यानपावर कम्पनीका लागि निर्धारण गरेको १० बुँदे मापदण्ड स्वीकार गर्न असमर्थता जनाएको छ।

मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई लिखित रूपमा पत्र पठाएर उक्त जानकारी गराएको हो।

मलेसियाले वैदेशिक रोजगारका सन्दर्भमा म्यानपावर कम्पनीका लागि तोकेको १० बुँदे मापदण्ड कार्यान्वयन गर्न नसकिने बताउँदै मन्त्रालयले उक्त विषय कूटनीतिक माध्यमबाट समाधान निकाल्न पत्राचार गरेको प्रवक्ता घिमिरेले बताए।

उनका अनुसार, “मलेसिया सरकारले ल्याएको मापदण्डप्रति व्यवसायीहरूबाटै असहमति आएको छ। हालको अवस्थालाई मध्यनजर गर्दै सो मापदण्ड स्वीकार गर्न असमर्थ रहेको जानकारी हामीले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई दिएका छौं।”

मलेसियाको विदेश मन्त्रालयले क्वालालम्पुरस्थित नेपाली दूतावासलाई पत्राचार गरी उक्त १० बुँदे मापदण्डबारे जानकारी गराएको थियो। त्यसअनुसार मलेसियाको मानव संसाधन मन्त्रालयले २०२५ नोभेम्बर १५ भित्र म्यानपावर कम्पनीहरूको विवरण पठाउन अनुरोध गरेको छ। यो मापदण्ड लागू हुने देशहरूमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमार छन्।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka