समाचार

मतदाता नामावलीमा नाम दर्ता सहजीकरण गर्न प्रवासीको माग


Logo
Prawash Tv
०१ मंसिर, २०८२
मतदाता नामावलीमा नाम दर्ता सहजीकरण गर्न प्रवासीको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास नेपाली सम्पर्क समिति, रियाद, साउदी अरबले राष्ट्रिय परिचयपत्रको आधारमा नेपाली दूतावासबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रिया सहज बनाउन आग्रह गरेको छ।

समिति प्रमुख मनिष लामाले नेपाली दूतावास, रियादलाई पत्र लेखी प्रवासमा रहेका नेपाली नागरिकका लागि मतदाता नामावली दर्ता प्रक्रिया सरल र पहुँचयोग्य बनाउन अनुरोध गरेका छन्।

समितिका अनुसार नेपाल सरकारले हाल सञ्चालन गरिरहेको मतदाता नामावली दर्ता प्रक्रियामा बायोमेट्रिक दिनुपर्ने लगायतका प्राविधिक समस्याका कारण निर्धारित समयभित्र सबैले दर्ता गराउन कठिन देखिएकाले, साउदी अरबमा रहेका योग्यता पुगेका नेपालीलाई राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सहजीकरण गर्न माग गरिएको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka