समाचार

जापान जाने प्रशिक्षार्थीमाथि सिन्डिकेटको दुव्र्यवहार रोक्न सांसद गौतमको आवाज


Logo
Prawash Tv
३० असार, २०८२
जापान जाने प्रशिक्षार्थीमाथि सिन्डिकेटको दुव्र्यवहार रोक्न सांसद गौतमको आवाज

काठमाडौं : प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले जापानको भिसा पाइसकेका नेपाली प्रशिक्षार्थी कामदारहरूलाई नेपालमै फेरि अनधिकृत भाषा परीक्षा दिन बाध्य पारिने घटनाप्रति संसदमा गम्भीर आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा सभामुखको ध्यानाकर्षण गराउँदै सांसद गौतमले जाइका अल्मुनाई एसोसिएसन 'जान' नामक संस्थामार्फत विगत १५ वर्षदेखि चलिरहेको सिन्डिकेटको तथ्य मिडियामार्फत उजागर भएको बताइन् । उनले भनिन्, "सरकारको पटक–पटक ध्यानाकर्षण गरिए पनि सुनुवाइ र सुधार भएको छैन । अहिले अधिकारवादीहरुले मुद्दा सर्वोच्च अदालतमा दायर गरेका छन् र कारण देखाऊ आदेश जारी भइसकेको छ ।"

जापान जान भाषा परीक्षा पास गरी सीओई पाइसकेका युवाहरु अहिले नेपालमै रोकिएर अनावश्यक दोस्रो परीक्षा दिन बाध्य भएको उनले बताइन् । "भविष्य बनाउने आशामा लाखौं रुपैयाँ खर्च गरेका ती युवाहरू आज हतास, निराश र आक्रोशित छन्," गौतमको भनाइ थियो, "उनीहरूको आत्मबल कमजोर पारिएको छ, भविष्यमाथि प्रश्न उठाइएको छ।"

सांसद गौतमले सरकारसँग अनधिकृत सिन्डिकेट तुरुन्त खारेज गर्न, यसमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न र वैदेशिक रोजगार प्रक्रिया पारदर्शी, प्रभावकारी र युवामैत्री बनाउने व्यवस्था गर्न माग गरिन् । "हजारौं युवाको रोजगारीको सपनामा सरकार टुलुटुलु हेरेर बर्बाद गर्न मिल्दैन," उनले चेतावनी दिइन् ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka