निःशुल्क र बेनामी वाइफाइ नेटवर्क प्रयोग नगर्न आग्रह
कुवेत विमानस्थलमा निःशुल्क र बेनामी वाइफाइ प्रयोग नगर्न आग्रह
कुवेतले यात्रुहरूलाई विमानस्थलमा उपलब्ध निःशुल्क र बेनामी वाइफाइ नेटवर्कहरू प्रयोग नगर्न आग्रह गरेको छ। विशेषज्ञहरूले यस्तो नेटवर्कले स्मार्ट उपकरणहरू ह्याक हुने र व्यक्तिगत डेटा चोरी हुने सम्भावना रहने बताएका छन्।
विशेष गरी ठूलो संख्यामा प्रयोगकर्ताहरू एउटै नेटवर्कमा जडान हुँदा जोखिम बढ्ने बताइएको छ। सामाजिक सञ्जालमार्फत फोटो, भिडियो र लिंकहरू प्राप्त गर्नु पनि जोखिमपूर्ण हुने डा. अनवर अल–हर्बीले उल्लेख गरेका छन्।