समाचार

अब विदेशमा दुई साताभित्र राहदानी पठाइने shivam cement


Logo
Prawash Tv
०९ मंसिर, २०८२
अब विदेशमा दुई साताभित्र राहदानी पठाइने shivam cement

विभागले सोमबार सूचना जारी गर्दै विदेशस्थित नेपाली नियोगमार्फत राहदानीका लागि आवेदन दिएका व्यक्तिहरूको राहदानी पहिलेकै व्यवस्था अनुसार एकदेखि दुई साताभित्रै छपाइ गरी पठाइने जनाएको छ।

यस्तै, लामो प्रयासपछि अन्तरिम अवधिका लागि थप सात लाख राहदानी पुस्तिका तथा त्यसको वैयक्तीकरणलगायत सेवा खरिद गर्न वर्तमान आपूर्तिकर्ता कम्पनी आइएन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएससँग विभागले सम्झौता गरेको छ। सम्झौता अनुसार तीन साताभित्रै राहदानी पुस्तिकाको पहिलो खेप उपलब्ध हुने र त्यसपछि क्रमिक रूपमा थप आपूर्ति आउने विभागले जानकारी दिएको छ।

यस व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित हुने भएकाले, अन्तरिम व्यवस्थापनका लागि बाध्यतापूर्वक केही समयदेखि भइरहेको राहदानी उत्पादनमा गरिएको कटौती हटाइएको विभागले उल्लेख गरेको छ।



सम्बन्धित खबर

सम्पर्क

07 Kathmandu Chabahil Chowk

01-5919974

prawashtv@gmail.com


सूचना विभाग दर्ता नं: ४९९९/२०८१/२०८२

Editor-in-Chief: Shree Krishna Nepal

Chairman: Jaganath Nepal

सामाजिक सञ्जाल
टि भि कार्यक्रम

© Prawash Tv. All Rights Reserved. Design by Aditya Khadka